नेयमार चम्कँदा ब्राजिलको जित

 जेठ २६, २०७८

 सुपरस्टार फरवार्ड नेयमारले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेलाई पराजित गरेको छ । पाराग्वेमा बुधबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा नेयमार र सब्सिच्युट लुकास पाक्वेटाले गोल गरे । नेयमारले पहिलो हाफमा तथा पाक्वेटाले इन्ज्युरी समयमा गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा नै नेयमारले गाब्रियल जेससको पासमा क्लोज रेन्जबाट सहज फिनिस गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट गतिलो पोस्ट आक्रमण हुन नसकेपनि ब्राजिलले अन्तिम समयमा गोल गर्दै जित पक्का गरेका थिए ।

तपाईंको प्रतिक्रिया