डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्स्क्रिप्ट वितरण सुरु

 असार ११, २०८३

दाङ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्स्क्रिप्ट तथा अन्य शैक्षिक प्रमाणपत्रहरू अब लुम्बिनी प्रदेश कार्यालय, राप्ती देउखुरी, दाङले समेत वितरण गर्न थालेको छ । यस व्यवस्थासँगै विद्यार्थीहरूले प्रमाणपत्र प्राप्त गर्न काठमाडौं वा अन्य टाढाका कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको छ। प्रदेश कार्यालयबाट सेवा सुरु भएसँगै विद्यार्थीहरूलाई सहज, छिटो र प्रभावकारी सेवा प्राप्त हुने विश्वास गरिएको प्रदेश कार्यालयका निर्देशक प्रमोद कुमार रेग्मीले बताए ।

प्रदेश कार्यालयबाट पहिलो पटक प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थी उत्तम बन्जाडे र बिमोचन चौधरी प्रमाण पत्र प्रदान गरिएको छ । प्रदेशस्तरमै सेवा विस्तार भएपछि प्राविधिक शिक्षातर्फ अध्ययनरत विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया