कोपा अमेरिका: ब्राजिलले भेनेजुएलालाई हरायो

 जेठ ३१, २०७८

काठमाडौं ।

कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो । ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहदा गोलले मान्यता पाएन । खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।

डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो । जसमा नेयमारले सहजै गोल गरे । ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो। त्यसपछि खेलको ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए । उनले नेयमारको पासमा गोल गरेका हुन् ।

यस जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

तपाईंको प्रतिक्रिया