प्यूठानमा आज देखि दैनिक ५ घण्टा पसल खुल्ने

तुलसीपुर ।
प्यूठानमा लकडाउनको स्वरुप परीवर्तन गर्दै लम्व्याईएको छ । अव आज देखि दैनिक ५ घण्टा व्यापारिक प्रतिष्ठानहरु संचालन हुने भएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले असार १० गतेसम्म लकडाउन कायम राख्दै विहान ७ देखि १० बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म होटल रेस्टुरेन्ट बाहेकका सबैखाले पसल तथा व्यवसायहरु संचालन गर्नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न गराउन प्रशासन कार्यालयबाट अनुगमन भैरहने भुसालले बताए । जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयहरुमा प्रशासनिक कार्य बाहेकका अन्य सेवाहरु हाललाई स्थगित गर्ने निर्णय गरिएको छ । बैंक तथा वित्तीय संस्था खुला राख्दै गाउँमा वित्तीय संस्थाको नाममा बचत तथा ऋण समुहको जमघट गर्न नपाइने भएको छ ।
तपाईंको प्रतिक्रिया