युरोकपमा आज तीन खेलहरू हुँदै

 असार ०३, २०७८

तुलसीपुर ।
१६ औँ संस्करणको युरोकप फुटबलमा आज बिभिन्न तीन खेल हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’ को बेल्जियम र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमाबेल्जियमले रुसलाई ३–० ले हराएको थियो । आज हुने तेस्रो खेल नेदरल्यान्ड्स र अष्ट्रियाबीच राति १२ः४५ बजे प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहनेछ । यी दुवै समूह ‘सी’ मा रहेका टिम हुन् ।

तपाईंको प्रतिक्रिया