युरो कप: यी हुन अन्तिम आठमा पुग्ने टिम

 असार १६, २०७८

काठमाडौं ।

मिनी विश्वकपले परिचित युरो कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो। यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।

तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन्। अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।

तपाईंको प्रतिक्रिया