युरोकपमा आज दुई खेल हुदै

 असार १८, २०७८

तुलसीपुर ।
१६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज बाट सुरु हुँदैछन् ।युरोकप अन्तर्गत आज क्वाटरफाइनलको दुई खेल हुनेछन् । पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रोमा खेलमा बेल्जियम र इटाली प्रतिस्पर्धा हुनेछ । स्विट्जरल्यान्ड र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । बेल्जियम र इटालीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

तपाईंको प्रतिक्रिया