युरो कपको सेमिफाइनल समीकरण पूरा

 असार २०, २०७८

काठमाण्डाै ।

युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको १६ औं संस्करणको युरो कप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । गएराति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ ।

चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो । गएरातिको खेलसँगै इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क युरो कपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । अब इटली र स्पेनबीचको खेल बुधवार राति पौने १ बजे हुनेछ भने डेनमार्कले इङ्ग्ल्यान्डसँग बिहीवार राति पौने १ बजे प्रतिस्पर्धा गर्ने भएको छ ।

तपाईंको प्रतिक्रिया