सिर्जना बस्नेतको शंकास्पद मृत्यु

झापा ।
झापाकी २५ वर्षीया सृजना बस्नेतको मृत्यु शंकास्पद देखिएको झापा प्रहरीको दाबी छ । घरको मुख्य गेट र सुत्ने कोठा बन्द हुनु, अनि युवतीको शव सडकमा अर्धनग्न अवस्थामा फेला पर्नुले घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
पूर्वपश्चिम राजमार्गको बिर्तामोड नगरपालिका-५ स्थित सुगम पेट्रोल पम्प उत्तर बस्दै आएकी युवती बस्नेतको शव सोमबार बिहान घर अगाडिको सडकमा अर्धनग्न अवस्थामा फेला परेको थियो। सानिमाको घरमा स–परिवार बस्दै आएकी युवती बस्नेत सहकारी संस्थामा कार्यरत थिइन्। परिवारका सदस्य अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरीरमा भित्री कपडा मात्रै छ ।
बस्नेत सुतेको कोठा बाहिरबाट चाबी लगाइएको छ, युवती त्यही कोठाको मुनी फेला परेकी छन्। सो घरको चारै तलामा तलैपिच्छे चाबी लगाइएको थियो र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चाबी लगाएको थियो। घरको मुख्य गेट समेत बन्द भएको अवस्थामा युवतीको शव कसरी सडकमा फेला पर्यो भन्दै झापा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको छ ।
तपाईंको प्रतिक्रिया