अफगानिस्तानबाट अहिलेसम्म २८८ नेपालीको उद्धार

 भदौ ०३, २०७८

काठमाडौं । अफगानिस्तानबाट अहिलेसम्म २८८ जना नेपाल फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म भदौ १ गते विहान ११८ जना, राति ८४ जना, भदौ २ गते बिहान ६१ जना र अपराहन्न २५ जना गरि अहिलेसम्म २८८ जनाको उद्धार भएको हो ।

सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि आइतबार एक कार्यदल गठन गरेर काम गरिरहेको छ । मन्त्रालयले अफगानिस्तानबाट उद्धार भएका थप नेपाली आउने क्रममा रहेको जनाएको छ ।

कन्सुलर सेवा बिभागको वेभसाइटमा अहिलेसम्म २९६ जनाले आफ्नो विवरण दर्ता गरेको र दर्ता भएका मध्ये १६ जना नागरिकको उद्धार भएर नेपाल आइसकेको मन्त्रालय्ले जानकारी दिएको छ।

तपाईंको प्रतिक्रिया