एमाले दाङ क्षेत्र नम्बर ३ को भेला भोली

 भदौ ०३, २०७८

तुलसीपुर । नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ को भेला भोली हुन लागेको छ । एमाले पार्टि कार्यालय तुलसीपुरमा विहान साढे ११ बजे भेलाको आयोजना गरिएको क्षेत्रिय कमिटिले जनाएको छ । एमालेको एक पक्षबाट नँया दल दर्ताको लागी निवेदन दिए सगै सोहि घटनाक्रमलाई लिएर पार्टिको भेला बोलाईएको क्षेत्रिय ईन्चार्ज मान बहादुर रावतले जानकारी दिनुभएको छ । भेलामा क्षेत्रिय कमिटि सदस्य, पालिका कमिटीका अध्यक्ष तथा सचिव,जिल्लामा क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य लगायतलाई बोलाईएको ईन्चार्ज रावतले जानकारी दिनुभएको छ ।

लामो समय देखिको पार्टि भित्रको आन्तरीक विवादले नमिलेर अन्तत विभाजित हुन पुगेको छ । पार्टिका तल्लो तहका नेता कार्यकर्ताले एकतामै बल हुने बतार्ईरहेका बेला एमाले नेता माधव कुमार नेपाल समुहले बुधवार नया दल दर्ताको लागी निवेदन दिएको छ ।

तपाईंको प्रतिक्रिया