माधव र महन्थको पार्टीको नाम परिवर्तन

 भदौ ०४, २०७८

तुलसीपुर । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम नेकपा एकीकृत समाजवादीरहने भएको छ । राजेन्द्र पाण्डे सहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले समाजवादी नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोगले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।


यसैबीच, महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको छ । निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसला अनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको हो ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । अध्यादेश अनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि आज दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

तपाईंको प्रतिक्रिया