सिटिईभिटी अन्तर कलेज स्तरीय फुटवल र भलिवल प्रतियोगिता सुरु

 जेठ ०५, २०८१

तुलसीपुर । तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा सिटिईभिटी अन्तर कलेज स्तरीय फुटवल र भलिवल प्रतियोगिता सुरु भएको छ । विद्यालयमा गठित अमर उद्यमी क्लवको आयोजनामा शुक्रवार देखि सुरु भएको प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहेको छ ।

क्लवका अध्यक्ष शिशिर आचार्यको अध्यक्षता तथा विद्यालय ब्यवस्थापनन समितिका अध्यक्ष होताराम बस्नेतको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । भलिवलका मुख्य एम्पायर राजु यरीलाई खेल सामग्रि प्रदान गर्दै प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

यसैविच प्रतियोगितामा आज विहान भएको भलिवल खेलमा अमर मावि ए लाई भ्याली टेक्नीकल तुलसीपुरले हराएको छ । उस्ले सोझो सेटमा हराएको थियो ।

यस्तै फुटवल तर्फ शहिद स्मृती माविले अमर मावि बि लाई ३ ० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ । ६ गते सम्म सञ्चालन हुने प्रतियाेगितामा विजेता, उपविजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया