‘अवसर खोज्नेहरु नै चोईटिएर गए’

 भदौ ०४, २०७८

तुलसीपुर । नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ को भेला सम्पन्न भएको छ । क्षेत्रिय अध्यक्ष भिम योगीको अध्यक्षता तथा केन्द्रीय सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं राष्टिय परीषद सदस्य छविलाल वलीको विशिष्ट आतिथ्यमा भेला भएको थियो । भेलामा बोल्ने बत्ताहरुले पार्टिमा अवसर खोज्नेहरु चोईटिएर जादैमा केहि असर नपर्ने बताएका थिए ।

आफ्नै सरकार ढालेर विपक्षी गठबन्धनमा लाग्दै नँया दल दर्ता गर्नेहरु माथि जनताले मुल्यांकन गर्ने बताएका थिए । पार्टिमा एकतामै बल हुने बतार्ईरहेका बेला एमाले नेता माधव कुमार नेपाल समुहले दल दर्ता गर्दैमा एमाले नसकिने उनिहरुले बताएका थिए ।

भेलामा नेताहरु रामजी चौधरी मिलन, प्रदेश सभा सदस्य धमकलि चौधरी, नेतृ हिरा पुन , बबई गाउपालीकाका अध्यक्ष भुवनेश्वर पौडेल लगायतले सम्बोधन गरेका थिए । एमाले ३ नम्बर क्षेत्रका सहईन्चार्ज कमल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव टेक बहादुर खत्रिले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया