जापानबाट दुई लाख डोज खोप नेपाल आईपुग्यो

 भदौ ०५, २०७८

तुलसीपुर । जापानले अनुदानमा पठाएको कोरोना विरुद्धको दुई लाख डोज खोप नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो ।

यसअघि ९ लाख डोज खोप प्राप्त भइसकेको छ । बाँकी खोप भोली र पर्सि सम्म प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया