एमाले एकजुट भएर अघि बढ्ने विश्वास छ : मुख्यमन्त्री शाक्य

 भदौ ०५, २०७८

काठमाण्डाै । वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नु भएको छ । उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गर्नु भयो । नेकपा एमाले रामेछाप–काठमाण्डाै सम्पर्क मञ्चले शनिबार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनु भयो ।

उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर-बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटकपटक आग्रह गर्नुभयो ।

तपाईंको प्रतिक्रिया