छत्तीस हजार नगद सहित ८ जुवाडे पक्राउ

 भदौ ०५, २०७८

नवलपरासी । नवलपरासीको पुर्व मध्यबिन्दुमा ८ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा मध्यबिन्दु नगरपालिका वडां. ६ बस्ने बर्ष ६० का शत्रुघन थापा,सोहि ठाउँ बस्ने ५१ वर्षीय गंगाराम थारु, ५६ वर्षीय मिना कुमारी रावल थापा, बर्ष ६० का रेवती रमन घिमिरे,बर्ष २८ का लाल बहादुर नेपाली, नवलपरासी ७ बस्ने बर्ष ४४ का दोरणलाल श्रेष्ठ, बर्ष ४० का सुरेश बोहरा र नवलपरासी ८ बस्ने बर्ष ४९ का अशोक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक मधुसुदन सिंहले जानकारी दिनुभएको छ ।

नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं. ६ टाँडी स्थित जुवा तास खेली रहेको अवस्थामा ३६ हजार ६ सय ८० रुपैयाँ र भारु ५ सय ६० रुपैयाँ सहित ४ बुक तास फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ । उनिहरुलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया