रोल्पामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

 भदौ ०६, २०७८

रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका २ धनमोरा बस्ने ५५ वर्षीय खड्क बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज शुवेदीले जानकारी दिनुभएको छ ।

आइतवार दिउँसो सुनिलस्मृति १ सेरास्थित रा ६ प ८८६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ । लिवाङबाट प्युठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक शुवेदीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया