कांग्रेस क्रियाशील विवाद अझै मिलेन

 भदौ ०६, २०७८

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवादमा उच्चस्तरीय कार्यदलले अझै सहमति जुटाउन सकेको छैन । भदौ ३ गतेभित्र सबै काम टुंग्याएर केन्द्रीय सभापतिलाई प्रतिवेदन बुझाउने म्याण्डेट पाएको उच्चस्तरीय समितिमा अझै केही विषयमा सहमति जुट्न बाँकी रहेको हो ।

क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते केही जिल्ला, क्षेत्र र वडाको विवाद यथावत राख्दै सभापति शेरबहादुर देउवासमक्ष प्रतिवेदन बुझाएको थियो । कांग्रेस केन्द्रीय समितिको साउन ३० मा सम्पन्न बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई क्रियाशील विवादका बाँकी काम टुंग्याउने म्याण्डेट दिएको थियो ।

आइतबार यो समाचार तयार पार्दासम्म क्रियाशीलको बाँकी विवाद नटुंगिएको समितिका एक नेताले बताए ।

तपाईंको प्रतिक्रिया