कपिलवस्तु र रुपन्देहीको दक्षिणी क्षेत्र डुवानमा

रूपन्देही । बुधबारदेखि परेको अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासीकाे दक्षिणी क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा देवदहका अधिकांश भूभाग डुवानमा परेका हुन् । भैरहवासहित जिल्लाको दक्षिणी क्षेत्रमा पुरै गाउँ डुबानमा परेका छन् । नवलपरासीको परासी बजार पूर्णरूपमा डुवेको छ । बजारमा रहेका सबै घरमा पानी पसेको परासीका स्थानीय पत्रकार केशव पराजुलीले जानकारी दिए ।
नवलपरासी सदरमुकाम परासी बजारमा बाढीमा फसेकाहरुकाे उद्दार गर्दै सुरक्षाकर्मी । रुपन्देहीको देवदहस्थित घोडाहाको पक्की पुल भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए । त्यस्तै नवलपरासीको गैंडाकोटमा रहेको डाईभर्सन बगाउँदा रातिदेखि नै राजमार्ग अवरुद्व भएको थियो ।
सोही सडकखण्डको बर्दघाट–बुटवल क्षेत्रमा रहेको ३ वटा डाईभर्सन पनि बाढीले बगाएको छ । वर्षा नरोकिएकोले मर्मत गर्न नसकिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
तपाईंको प्रतिक्रिया