रामचन्द्रको चेतावनी- महाधिवेशन नगरे भदौ २३ पछि देउवालाई सभापति मान्न सकिन्न

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने बताएका छन् ।क्रियाशील सदस्यता छानबिन विवाद समाधानका लागि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौेडेलले सो चेतावनी दिएका हुन् ।
सभापतिले महाधिवेशन हुन्छ, हुन्छ, भने पनि महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको आरोप उनले लगाए । नेता पौडेलले महाधिवेशन हुन नसके वर्तमान पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र देउवा नेतृत्वको केन्द्रीय समिति ‘बदर’ हुने चेतावनीसमेत दिए ।
नेपाल प्रेसबाट
तपाईंको प्रतिक्रिया