दाङमा नदीमा डुबेर एक युवतीको मृत्यु

 बैशाख २३, २०८१

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा शनिबार दिउँसो गाउँका धेरै जना डुबेर नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन जानुभएको थियो ।

सोही क्रममा पानीमा पसेकी एक नाबालिकालाई बचाउन खोज्दा पानीमा डुबेर उहाँको मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया