दाङ र बाँकेमा गरी तिन कोरोना संक्रमितको निधन

 भदौ २३, २०७८


तुलसीपुर । दाङ र बाँकेमा गरी तिन जना कोरोना संक्रमितको निधन भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डिमा उपचाररत रोल्पाको त्रिवेणी गाउँपालिका ४ बस्ने ५० बर्षिय पुरुषको बुधवार विहान पौने चार बजे निधन भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पछि गत भदौ ११ गतेदेखी अस्पतालमा आईसियु कक्षमा उपचाररत उहामा निमोनिया संगै स्वासप्रस्वासमा समस्या रहेको थियो । अस्पतालमा अब ५ जना संक्रमित आईसियुमा उपचाररत रहेको व्यवस्थापक वलीले जानकारी दिनुभयो ।

उता बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ७८ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका १३ सुर्खेतका ६८ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २९ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ५ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया