हैदरावादलाई हराउँदै दिल्ली शीर्षमा

 असोज ०७, २०७८

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई हराएको छ । दुबईमा बुधबार राति भएको खेलमा दिल्लीले हैदरावादलाई ८ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। दिल्लीको जितमा श्रेयस अय्यरले अविजित ४७ रन जोडे । यस्तै ऋषभ पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए ।​

हैदरावादका खलिल अहमेद र राशिद खानले १-१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।​ हैदरावादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए । रिद्दिमान साह र केन विलियम्सनले १८-१८ रन जोडे । मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए। एन्रिच नोर्किया र अक्षर पटेलले २-२ विकेट लिए।जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । हैदरावादको ८ खेलमा २ अंक छ ।

तपाईंको प्रतिक्रिया