ईपीएल टी – ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स ११ विजयी

 असोज ०९, २०७८

काठमाडौं काठमाडौं किङ्स ११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी – ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । ललितपुरले दिएको १सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो ।

काठमाडौंको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेलेका छन् । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ ।

तपाईंको प्रतिक्रिया