खुल्ला फुटबलको उपाधी ज्ञानज्योती लाई

 असोज १६, २०७८


लक्ष्मण बस्नेत, तुलसीपुर । दाङ तुलसिपुरको टरिगाउमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८को उपाधी ईनोभेटिभ ज्ञानज्योति तुलसिपुर ले जितेको छ । टरिगाउ युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको सनिवार सम्पन्न फाईनल खेल मा युनाईटेड युथ क्लब तुलसिपुर लाई सुन्यका विरुद्ध ५ गोलको फराकिलो अन्तर ले पराजित गर्दै ज्ञानज्योती ले उपाधी जितेको हो ।
उपाधी संगै उसले नगद एक लाख पन्ध्र हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा पराजय ब्यहोरेको युनाईटेड उपबिजेतामा सिमित रहदै नगद ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।
उल्लेख्य दर्शक भरिएको टरिगाउ खेल मैदानमा भएको खेलमा जर्सी न १९ का बिनोद केसि ले दुई गोल गरे । त्यस्तै जर्सी न १० का निशान डागि र किरण योगि ले एक/ एक गोल गरे ।
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिता को समापन समारोह क्लबका अध्यक्ष अबिन रजौरेको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघ का अध्यक्ष सुशील श्रेष्ठ को प्रमुख आतिथ्य मा भएको थियो ।
सो अबसरमा बिजेता, उपबिजेता र सेमिफाइनल खेल बाट बहिरिएका टिम तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने, ज्ञानज्योती क्लबका निशान डागी बेस्ट प्लेयर खेलाडी, बेस्ट स्कोरर बिनोद केसि, बेस्ट किप्पर प्रतीक रसाईली, बेस्ट डिफेन्स बिजय सिंह ठकुरी लाई कार्यक्रम का प्रमुख अतिथी,अतिथी लगाएत ले नगद सात हजार पाँच सय पुरस्कार प्रदान गर्नु भएको थियो ।कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गर्नु भएको थियो । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया