झाडापखाला र पानीजन्य प्रकोपबारे अध्ययन गर्न चिकित्सक खटाइयाे

 असोज २१, २०७८

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला र पानीजन्य प्रकोपबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक टोली पठाएको छ ।

महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, डब्ल्यूएचओका एक चिकित्सक र हेल्थ अफिसर सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

प्रकोपको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धानका लागि औषधि तथा आवश्यक सामग्री सहित चिकित्सकको टोली बिहीबार बिहानै प्रभावित क्षेत्रमा परिचालित भएको डा. पौडेलको भनाइ छ ।

प्रकोपबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिक्रिया