शंकर पोखरेलको गृह जिल्लामा दिपप्रज्वलन

 मङि्सर १३, २०७८

तुलसीपुर । नेकपा एमालेको १०औं महाधिबेशनबाट महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखरेलको सम्मान तथा स्वागतार्थ दिप प्रज्वलन गरिएको छ । पोखरेलको गृह जिल्ला दाङको तुलसीपुर मदन आश्रित चोकमा दिप प्रज्वलन गरिएको हो । एमाले दाङ क्षेत्र नम्बर ३ को आयोजनामा पार्टि कार्यालय र मदनआश्रीत चोकमा दिप प्रज्वलन गरिएको हो । क्षेत्रीय अध्यक्ष भिम योगीको अध्यक्षता तथा एमालेका पुराना नेता शोभाराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता शोभाराम बस्नेतले देशको नेतृत्व गर्न सक्ने क्षमता भएका पोखरेलबाट पार्टिले थप गति लिने बताउनुभएको थियो । पार्टिको महासचिव जस्तो पद दाङले पाउनु ईतिहास रचिएको दिनको रुपमा लिनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै एमाले दाङका क्षेत्र नम्बर ३ का ईन्चार्ज मान बहादुर रावतले जवजका ब्याख्याता पोखरेल महासचिवमा निर्वाचितले सिंगो दाङले गर्वको महशुस गरेको बताउनुभएको थियो । पार्टिमा प्रष्ट बैचारीक नेताबाट परिचित पोखरेलबाट देशले नै आशा गरेको हुदा आगामी सफलताको कामना गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया