राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप नियुक्त

 मङि्सर २९, २०७८



काठमाडौं । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ । क्यानले नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको हो

। बुधबार बसेको क्यानको बोर्ड बैठकले उक्त निर्णय लिएको हो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र सोमपाल कामीलाई २०२२ को केन्द्रिय ग्रेडबाट सुरुवाती ६ महिना सहभागी नगराउने निर्णय लिएको छ । ज्ञानेन्द्र २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपालले प्रर्दशन अन्तर्राष्ट्रिय क्रिकेटमा औसत रहँदै आएको थियो ।

क्यानको अनुशासन उल्ङ्घन सम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिश गरे बमोजिम खेलाडी आचार संहिता उल्उल्ङ्घन गरेको भन्दै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको हो ।

तपाईंको प्रतिक्रिया