महिला च्याम्पियनसीपको अन्तिम खेलमा भारतसँग नेपाल पराजित

 पुष ०४, २०७८

काठमाडौं। बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसीप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। ढाकाका आइतबार भएको खेलमा भारतले नेपाललाई १-० ले पराजित गरेको हो। भारतका लागि ६७औं मपनेटमा प्रियंका देवीले निर्णायक गोल गरिन् ।
जितपछि भारत शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनल प्रवेश गरेको छ। नेपाल भने यस हारपछि फाईनल प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ। भारत चार खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपालकाे ७ अंक छ । एक खेल कम खेलेको बंगलादेशको पनि ७ अंक छ ।बंगलादेशले आजै कमजोर टिमश्रीलंकासँग खेल्दैछ । उक्त खेलमा बंगलादेश पराजित भएमात्र नेपाल फाईनल पुग्न सक्छ । तर बराबरी वा जितले बंगलादेश फाईनल पुग्नेछ ।

तपाईंको प्रतिक्रिया