प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

 पुष ११, २०७८

काठमाण्डौ । प्रधानमन्त्रीकप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । नगढीको फाप्ला मैदानमा प्रदेश(१ लाई सात विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

प्रदेश(१ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर दुई बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो । उसका लागि ज्योती पाण्डेले नटआउट ३६ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश(१ ले कप्तान रुबिना क्षेत्रीको ३४ र अप्सरी वेगमको ११ रन मद्दतमा ६७ रन बनाएको थियो । उसका अरु कुनै खेलाडीले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ एपीएफकी सीता रानामगरले तीन र रेखा रावलले दुई विकेट लिए । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा ८ वटा टोली सहभागी थिए ।

तपाईंको प्रतिक्रिया