पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

 पुष १३, २०७८

काठमाण्डौ । पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने भएको छ । नेपाल भलिबल सङ्घले सन् २०२२ च्याम्पियनसिप हुने जनाएको छ । तर, मिति भने सार्वजनिक भएको छैन ।

बङ्गलादेशमा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया