तुलसीपुर उद्योग वाणिज्य संघ अव कसैको इसारामा चल्दैन: ललित जंग शाह

 बैशाख २८, २०८१

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार ललित जंग शाहले ब्यवसायि हक हितको लागि आफु सधै प्रतिबद्ध रहेको बताएका छन । प्रचार प्रसारको अन्तिम दिन आज बजार क्षेत्रका मतदाता संगको भेट पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले ब्यवसायबाट निरुत्साहित भैरहेको यो अवस्थामा समाधान गर्दै ब्यवसायी मुखी बनाउन आफु लाग्ने बताएका थिए । संघमा कुनै ब्यक्तिबादि प्रबृत्ति हावि हुदा समस्या भएको हुदा यसको अन्त्य हुने बताएका छन । संघलाई कसैको ईसारामा चलाउने परिपाटि छ यस्को अन्त्य गर्छौ शाहले भने । ”कुनै ब्यक्ति हाबि हुदा ब्यवसायीका समस्या ओझेलमा पर्ने गरेका छन अव त्यसो हुन्न दिदैनौं ” | सात दलको समर्थनमा बनेको प्यानललाई मतदाताको साथ रहेको हुदा जित सुनिश्चित भैसकेको समेत बताएका थिए ।

कार्यक्रममा उद्योग उपाध्यक्ष पदका उम्मेदवार विश्व बस्नेतले युवामैत्रि तवरले ब्यवसायी माथि उकास्नका लागि जिताउन अपिल गरेका थिए । बदलिदो परिवेश र प्रविधिको प्रगोग मार्फत ब्यवसायमा उत्साहित हुने बातावरण बनाउने उनले प्रतिबद्धता जनाएका छन ।

कोण सभामा उद्योग बाणिज्य संघका संस्थापक डिल्ली बहादुर बस्नेत लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण एमाले नगर सचिव रुप बहादुर खत्रिले गरेका थिए ।

 

 

 

तपाईंको प्रतिक्रिया