भारतमा कोभिडका थप दुई खोपले पाए अनुमति

 पुष १३, २०७८

काठमाडौं । भारत सरकारले कोभिड(१९ का थप दुई खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।

मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले ट्विटर गर्दै कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको बताएका हुन् । त्यस्तै, एन्टिभाइरल ‍औषधि मोल्नुपिराभिरलाई समेत अनुमति दिएको उनको भनाइ थियो । हाल भारतले आफ्नो खोप अभियानमा कोभिशिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी खोप प्रयोग गरिरहेको छ । मंगलबार प्रयोगको अनुमति पाएको कोर्बेभ्याक्स ‘प्रोटिन सबयुनिट भ्याक्सिन’ हो । अमेरिकामा विकास गरिएको यो खोप हैदरावादस्थित बायोलोजिकल ई कम्पनीको भारतीय शाखामा उत्पादन गरिने भएको छ ।

तपाईंको प्रतिक्रिया