जिल्ला लिग फुटबल सुरु

 पुष १४, २०७८


लक्ष्मण बस्नेत, तुलसीपुर । एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ आज बुधबार देखि दाङको तुलसीपुरमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको श्री न १९ बाहिनीका बाहिनीपति मदन केसिले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी बाहिनिपती केसिले मानव स्वास्थ्यको लागि खेलकुदको महत्त्व लाई स्थानीय स्तरबाट बुझ्नु पर्ने बताउनु भएको छ । रास्ट्रको सान र गौरव हो खेलकुद यसको महत्त्वलाई स्थानिय स्तर बाट बुझ्न आबश्यक छ अनि मात्र खेलकुदको बिकास सम्भव छ उहाँले भन्नुभयो ।

कार्यक्रम दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता एवं न १९ बाहिनीका बाहिनीपति मदन केसिको प्रमुख आतिथ्य तथा ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख श्यामु आर्यालको बिशिस्ट आतिथ्यमा भएको थियो । प्रतियोगिताका संयोजक इन्द्र बहादुर पुनको स्वागत रहेको कार्यक्रमको संचालन संघका सदस्य लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा एसएसएफए र सक्सेस फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । कडा प्रतिस्पर्धात्मक खेलमा दुईर दुई गोलको बराबरी भएपछि दुबै टिमले आफ्नो खातामा एकरएक अंक जोडेका छन् । प्रतियोगिता अन्तरगत बिहिवार दुई खेल हुने भएका छ्न् । मध्यान १२ बजे हुने खेलमा लक्ष्य युवा क्लब तुलसिपुर १५ र टाईगर युवा क्लब तुलसिपुर ३ भिड्नेछन् ।

त्यस्तै दिउँसो साढे दुईबजे हुने खेलमा सक्सेस फुटबल क्लब तुलसिपुर र युनाईटेड युथ क्लब तुलसिपुर आमनेसामने हुनेछन् । २९ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित दस क्लबहरुको सहभागिता रहेको छ ।

तपाईंको प्रतिक्रिया