बन्द प्रशिक्षणका लागि क्यानले छान्यो ३० खेलाडी

 पुष १५, २०७८

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनौटका लागि बन्द प्रशिक्षणका लागि ३० जना खेलाडी छनौट गरेको छ। नवनियुक्त कप्तान सन्दीप लामिछानेको नेतृत्वमा क्यानले ३० सदस्यीय टिम छनौट गरेको हो ।

क्यानले बिहीबार साँझ बन्द प्रशिक्षणका लागि ३० जना खेलाडीको नाम सार्वजनिक गरेको हो। क्यानले कारबाही गरेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई पनि बन्द प्रशिक्षणका लागि छनौट गरेको छ।

शनिबारदेखि सुरु हुने बन्द प्रशिक्षणका लागि सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी,आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदिप ऐरी, गुलशन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशिर महतो, सागर ढकाल र हरिशंकर साह छनौट भएका छन् ।

तपाईंको प्रतिक्रिया