विश्वभर कोरोना सङ्क्रमित थपिने दरले दैनिक नयाँ रेकर्ड बनाउँदै

 पुष १६, २०७८

काठमाडौं । विश्वभर कोरोना सङ्क्रमित थपिने दरले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । गत २४ घण्टामा १८ लाख २९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वल्डोमिटरले जनाएको छ । योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या २८ करोड ६७ लाख पुगेको छ । यस्तै गत २४ घण्टामा ५ लाख ३१ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २५ करोड ३१ लाख पुगेको छ ।

यस्तै २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५४ लाख ४५ हजार नाघेको छ । अझै पनि २ करोड ८२ लाख सक्रिय सङ्क्रमित रहेका वल्डोमिटरले उल्लेख गरेको छ । जसमध्ये ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ । यसैबीच दक्षिण अफ्रिकाले कोरोना सङ्क्रमण भएर अस्पताल भर्ना हुनेको सङ्ख्या घटेपछि रात्रिकालिन कफ्र्यू हटाएको छ । तिब्रगतिमा फैलिने कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन पुष्टि भएपछि अस्पताल भनाए हुनेको सङ्ख्या घटेको भन्दै त्यहाँको सरकारले रात्रिकालिन कफ्र्यू हटाउने निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया