‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

 पुष १७, २०७८

काठमाण्डाै । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । दुई खेल काठमाण्डाैकाे दशरथ रङ्गशाला र एक खेल पोखराकाे रङ्गशालामा हुनेछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे थ्री स्टार र जावलाखेल खेल्नेछन् भने दशरथ रङ्गशालामा हुने अर्को खेलमा सङ्कटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रङ्गशालामै सङ्कटा र च्यासलबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ ।यस्तै पोखरा रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल दिउँसो २ बजे सुरु हुनेछ । ‘ए’ डिभिजन लिगमा अहिले सातौँ चरणका खेल भइरहेका छन् ।

तपाईंको प्रतिक्रिया