भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै

 पुष १९, २०७८

काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या फेरि बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ३३ हजार ७ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ।अहिलेसम्म भारतमा ओमिक्रोन भेरियन्टका संक्रमितहरुको संख्या १७ सय पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ५ सय १० जना ओमिक्रोन भेरियन्टका सङ्क्रमित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट १ सय २३ जनाको मृत्यु भएको छ। हाल भारतमा सक्रिय सङ्क्रमितकोे सङ्ख्या एक लाख ४५ हजार ५ सय ८२ रहेको छ। भारतमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन करोड ४२ लाख ९५ हजार ४०७ र मृत्यु हुनेको सङ्ख्या चार लाख ८१ हजार ८ सय ९३ पुगेको छ।

तपाईंको प्रतिक्रिया