भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

 पुष २०, २०७८

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार भएको छ । भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

उनीमाथि गोली प्रहार गर्नेहरुको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको बताएकी खबरमा उल्लेख गरिएको छ ।

उनले भनेकी छिन्, ‘मेरो गाडीका चालकको कन्चटमा पेस्तोल राखे, मैले जब उनीहरुलाई चड्कन हानेँ । उनीहरुले मलाई गोली हाने । गोली मेरो खुट्टामा लाग्यो । त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’ गएको नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् ।कालो झण्डा देखाएको भन्दै यादवलाई पक्राउ गरेको थियो । पक्राउ गरेको दुई दिनपछि उनलाई रिहा गरिएको थियो । यो घटनाको एक महिना पछि गएको डिसेम्बर १७ तारिखमा उनी कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन् । तर, गोली प्रहार भएको यो घटना प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घटनासँग सम्बन्धित रहे नरहेको खुल्न बाँकी छ । उज्यालो बाट

तपाईंको प्रतिक्रिया