आईपीएल अक्सनमा नेपालबाट सन्दीप छनोट

 माघ १८, २०७८


तुलसीपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा पर्नुभएको छ । नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराएको भएपनि सन्दीपमात्रै छनौट हुनुभएको बीसीसीआईले जनाएको छ । यसअघि तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपलाई गतसिजन कुनै फ्रेन्चाइज टोलीले भित्र्याएनन् । यसपटक अक्सनमा कुनै टोलीले उहाँलाई भित्र्याउनका लागि कम्तीमा ४० लाख भारु खर्च गर्नुपर्ने हुन्छ । विभिन्न देशका १ हजार ११४ जनाले अक्सनको लागि नाम दर्ता गराएको भएपनि अक्सनका लागि नेपालका सन्दीपसहित २९२ जनामात्रै छनोट भएका छन् ।

तपाईंको प्रतिक्रिया