मोटरसाईकल र हाइस ठोक्किदा भयाे आगलागी

 फागुन १५, २०७८

तुलसीपुर । दाङको तुलसीपुरमा मोटरसाईकल र हाइस एक आपसमा ठोक्किदा आगलागी भएको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको हाइस दुधरासको सोनापुर सिमेन्ट उद्योगको गेटमा ठोक्किदा हाइस जलेको छ ।

आगलागी हुँदा पाँचजना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले बताएको छ । आगलागी आईतबार राति ९ बजेतिर भएको हो ।

घटनाका विषयमा थप विवरण आउन बाँकी छ

तपाईंको प्रतिक्रिया