घोराही–तुलसीपुर सडकमा दुई दुर्घटना, दुई जनाको ज्यान गयो

 फागुन १६, २०७८

दाङ । घोराही–तुलसीपुर सडक खण्डमा आइतबार साँझ भएका छुट्टा–छुट्टै दुई सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५प ९०६६ नम्बरको स्कुटी र लु १ च ६२८९ नम्बरको पिकअप गाडी एक आपसमा ठोक्कीदा तुलसीपुर उपमहानगरपालिका–१७ निबासी करिव ३४ बर्षका ताराबहादुर केसीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यसैगरी आइतवार साँझ नै बा ३ ख ६४३ नम्बरको हाइस र नम्बर नखुलेको मोटरसाईकल बेलझुण्डीमा एक आपसमा ठोक्किदा एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–१८ निबासी २१ बर्षीय रेशम चौधरी रहेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते मध्य चौधरी उपचारका क्रममा ज्यान गएको थियो । मोटरसाइकल र हाइस ठोक्किए लगत्तै हाइसमा आगलागी भएको थियो ।

आगलागिका कारण हाइस पूर्णरुपमा क्षेति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चार जना मध्य करण परियार र रमेश वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया