दुई किशोरीमाथि सामूहिक बलात्कार

 फागुन २०, २०७८

काठमाडौँ । १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट दुई जना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गौरीगञ्जमा पाहुना आएकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी र २४ वर्षीय देवकुमार राजवंशी पक्राउ परेका हुन्। उनीहरुले बुधबार साँझ भारतीय सीमानजिक जवानमुन्सी मेला घुमेर फर्किने क्रममा किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ । किशोरीका अभिभावकले बिहीबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जाहेरी दिएका छन् ।

१५ वर्षीया अर्की किशोरीलाई जबर्जस्ती करणी गरी फरार भएका एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ। भद्रपुर नगरपालिका ४ का १९ वर्षीय रमेश लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।लिम्बूले फागुन १७ गते स्थानीय १५ वर्षीया बालिकालाई खेतमा गएको बेला जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका तीनै युवकलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया