दैलेखमा निसासिएर आमा छोराको ज्यान गयो

 फागुन २०, २०७८

दाङ। दैलेखमा निसासिएर आमा छोराको ज्यान गएको छ ।ठाँटीकाँध गाउँपालिका– १ पिपलचोकका हरिकला बादी र छोरा रमेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

राति भान्सा कोठामा सुतिरहेका आमा छोरा आज बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् । भान्छा कोठामा चुल्होको नजिक सुतेका उनीहरूले ओछ्याएको गुन्द्री र सिरक चुल्होतिर पुगेर आगो सल्केको र उनीहरूको शरीरको केही भाग पोलिएकोले धुँवाले निसासिएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ। 

तपाईंको प्रतिक्रिया