खुमबहादुर खड्का स्मृति कप भलिबल प्रतियोगिताको उपाधि तुलसीपुरलाई

 फागुन २२, २०७८

लक्ष्मण बस्नेत , दाङ । दाङको घोराहीमा संचालित प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ । नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगीताको अाज भएको रोमाञ्चक फाइनल खेलमा राप्ती गाउँपालिकालाई २५–२०,२३–२५,२०–२५,२५–१८ र १९–१७ अर्थात ३–२ को सेटमा पाखा लगाउदै तुलसीपुर उपमहानगरपालिकाले उपाधी जितेको हो ।

तुलसीपुरले उपाधी चुम्दै नगद दुई लाख, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । उता फाईनल खेलमा सम्मानजनक हार ब्यहोरेको राप्ती गाउँपालिका उपबिजेतामै सिमित रहदै नगद एक लाखमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा खेलाडीलाई हाैसला प्रदान गर्न तुलसीपुर बाट प्रमुख प्रशासकीय अधिकृत माेहन पाैडेल,शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी , सुचना अधिकारी बाबुराम न्याैपाने लगायतको सहभागीता रहेको थियाे ।

फागुन १६ गतेबाट संचालित प्रतियोगितामा जिल्लाका दस पालिकाका टिमको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया