नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलवार बाँडफाँड हुने

 फागुन २३, २०७८

काठमाडाैं  । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार बिहान मात्रै आईपीओ बाँडफाँट हुने भएको हो ।


क्यापिटलले प्रिअलटमेन्टको काम भने आइतबार नै सम्पन्न गरिसकेको छ । मंगलवार बिहान ९ बजेतिर मात्रै लघुवित्तको शेयर बाँडफाँट गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोवल आइएमइ क्यापिटलले जनाएको छ ।

लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

तपाईंको प्रतिक्रिया