बिजेता टिम तथा खेलाडिलाई सम्मान

 फागुन २३, २०७८


लक्ष्मण बस्नेेत, तुुुुलसीपुर ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुर ६ ले प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को बिजेता तुलसिपुर उपमहानगरपालिका को टिम तथा खेलाडी लाई सम्मान गरेको छ ।
केन्द्रले आज सोमबार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि तुलसिपुर उपमहानगरपालिका टिमका टिम क्याप्टेन ओम प्रकाश मल्ल, रमेश मल्ल, मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री,हरिस बुढाथोकी,बिनोद बुढाथोकी,खड्क बिक,नन्दाराम पुरि,खेम राज केसि,बिरेन्द्र डागी लाई मायाको चिनो तथा खादा ओढाएर सम्मान गरेको हो ।
नेपाली काग्रेस दाङको आयोजनामा फागुन १६ गतेबाट संचालित प्रतियोगितामा आफुलाई सुरुवाती चरणमै उपाधिको दावेदारको रुपमा प्रस्तुत गरेको टिमले सशक्त र शानदार प्रदर्शन गर्दै उपाधी हात पार्नुले सिङ्गो तुलसिपुर नगरको सान र गौरव लाई उच्च बनाएको भन्दै थप हौसला र प्रेरणाका लागि सम्मान गरिएको प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले बताए ।
सम्मान समारोह केन्द्रका अध्यक्ष कमल खत्रीको अध्यक्षता भएको थियो । समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काग्रेस तुलसिपुर नगर सभापती सुरेश हमालले सभ्य समाज निर्माणमा खेलकुद क्षेत्रको भुमिका अहम् रहेको बताए । बिशिस्ट अथिती भलिबलका ए लेवल कोच तथा रास्ट्रीय रेफ्री दोर्ण प्रकाश चन्दले मानव सभ्यता जत्तिकै पुरानो खेलकुदको महत्वलाई नजिक बाट बुझ्ने र हेर्ने दृस्ठिकोण नभएकै कारण खेलकुद क्षेत्र पछाडि परेको बताए ।उनले भने अब खेलकुदको बिकास कसैको भरोसामा होईन आफै बाट सुरुवात गर्नुपर्छ । भलिबलका रास्ट्रीय खेलाडी मान बहादुर श्रेष्ठले प्रशिक्षण केन्द्रले गरेको उच्च सम्मानले खेलजिवन यात्रामा थप हौसला र प्रेरणा प्रदान गरेको बताए । सो अबसरमा खेलप्रेमी खेलाडिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

तपाईंको प्रतिक्रिया