साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

 फागुन २७, २०७८

साउदी अरबका परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने भएका छन् । उनले आगामी फागुन १ देखि चैत १ गतेसम्म गर्ने भ्रमण गर्न लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

नेपाल र साउदी अरब सरकारबीच हुने दुई पक्षीय हस्ताक्षरको पत्रको मस्यौदा बनाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने पनि निर्णय भएको छ ।

तपाईंको प्रतिक्रिया