७ दिने गुडीया बनाउने तालीमको समापन

 बैशाख २५, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा गुडिया बनाउने तालिमको समापन भएको छ । उरहरी सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो । सिकाई केन्द्रका अध्यक्ष गोमा बालान क्षेत्रिको अध्यक्षता तथा वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बत्ताहरुले तालिमबाट सिकेका कुराहरुलाई निरन्तरता दिनु पर्ने बताएका थिए ।

थोरै लगानीबाट राम्रो कमाई गर्न सकिने भएकोले महिला उद्यमी बन्न तालिमले सहयोग पुग्ने बताएका थिए । सदस्य राम शरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको समापन अवसरमा अमर मा.वि.उरहरीका विद्यालय ब्यवस्थापन समिति सदस्य होताराम बस्नेत,प्रधानाध्यापक पदम बहादुर वली, वडा सदस्य प्रभा परियार,सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णी चौधरी,प्रशिक्षक रेणु श्रेष्ठ जिएम लगायतले बोलेका थिए ।

अनौपचारीक शिक्षा अन्र्तगत सरकारको आर्थिक सहयोगमा सञ्चालित ७ दिने तालिममा २४ जना महिलाको सहभागिता रहेको थियो । सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक मञ्जु रेग्मीले गरेकि थिईन ।

तपाईंको प्रतिक्रिया